कैलाली विशेष
जग्गा व्यवसायीले दायर गरेको रिटमा धनगढीलाई कारण देखाउ आदेश

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलाशमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश भएको छ ।
जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख ९मेयर० गोपाल हमाल समेतविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।कार्यविधिविरुद्ध कैलालीका जग्गा व्यवसायी उपेन्द्रप्रसाद अवस्थीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । अब सर्वोच्च अदालतमा धनगढीले कार्यविधि जारी गर्नुको कारण पेश गर्नुपर्नेछ ।उपमहानगरपालिकाको कार्यालयले ‘धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङ सम्बन्धी कार्यविधि २०८०’ राजपत्रमा प्रकाशित गरेर १० मिटरको सडक हुनुपर्ने मापदण्ड लागू भएपछि जग्गा व्यवसायीले विरोध गर्दै आएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्