टीकापुरमा आगलागी हुँदा अढाई लाखको क्षति - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

टीकापुरमा आगलागी हुँदा अढाई लाखको क्षति

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२४
  • सुन्नुहोस् 
 
टीकापुरमा आगलागी हुँदा  अढाई लाखको क्षति

धनगढी । कैलालीको टीकापुरमा आगलागी हुँदा अढाई लाखको क्षति भएको छ । शनिवार साँझ टीकापुर नगरपालिका – ६ पानिमुलाका ६० वर्षीय महा लुहारको काठले बनेको टिनले छाएको २ कोठे कच्ची घरको भान्सा कोठामा आगलागी भएको हो ।आगलागीबाट खाद्यान्न, भाँडा बर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार