शुक्लाफाटा राष्ट्रिय निकुञ्ज डढेलोको चपेटामा, वनक्षेत्रमा क्षति - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज डढेलोको चपेटामा, वनक्षेत्रमा क्षति

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२५
  • सुन्नुहोस् 
 
शुक्लाफाटा राष्ट्रिय निकुञ्ज डढेलोको चपेटामा, वनक्षेत्रमा क्षति

सुदूरपश्चिम प्रदेशको प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुक्खा मौसमको शुरुवातमै डढेलोको शिकार भएको छ। निकुञ्जको कोर क्षेत्र रानीताल, बरकौला, गोबरिया लगायतका स्थानमा डढेलो फैलिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, मानवीय लापर्बाहीका कारण डढेलो निकुञ्जमा प्रवेश गरेको पाइएको हो। यस डढेलोले वनस्पति र घाँस नष्ट गर्दा केही क्षति पुगेको छ, तर अहिले डढेलो नियन्त्रणमा आएको छ।

निकुञ्ज प्रमुख मनोज साहका अनुसार, गहुँ काटेर खेतमा आगो लगाउँदा आगो निकुञ्जमा फैलिएको हो। यससँगै, सुक्खा मौसम र पानीको कमीका कारण अन्य स्थानहरूमा पनि डढेलो फैलिरहेको छ। डढेलो नियन्त्रणका लागि नेपाली सेनासहितको टोली परिचालन गरिएको छ र सानो सानो डढेलो नियन्त्रण भइरहेको छ।

यस वर्ष अहिलेसम्म पानी नपरेका कारण वनक्षेत्रमा आगलागीको जोखिम अझ बढेको छ। डढेलो नियन्त्रणका प्रयास जारी राखिएको र पानी परेपछि आगलागीका घटनामा कमी आउने आशा गरिएको छ।






तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार