प्रदेश सभा अनिर्णयको बन्दी : सत्ता र प्रतिपक्षका विवादका कारण अवरुद्ध - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

प्रदेश सभा अनिर्णयको बन्दी : सत्ता र प्रतिपक्षका विवादका कारण अवरुद्ध

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२५
  • सुन्नुहोस् 
 
प्रदेश सभा अनिर्णयको  बन्दी : सत्ता र प्रतिपक्षका विवादका कारण अवरुद्ध

धनगढी । सुदूरपश्चिम प्रदेश सभा अहिले अनिर्णयको बन्दीमा फसेको छ। प्रदेश सरकार र प्रतिपक्षका बीचका असहमतिका कारण प्रदेश सभा सञ्चालन हुन सकेको छैन। एक महिनादेखि प्रदेश सभामा कुनै पनि गतिविधि अगाडि बढेको छैन। प्रतिपक्षका दलहरूले सरकारको फजुल खर्च कटौती, सुशासन कायम गर्ने, र सदनमा उठेका विषयहरूको जवाफ दिनुपर्ने जस्ता माग राख्दै प्रदेश सभा अवरुद्ध गर्दै आएका छन्।प्रदेश सभामा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राप्रपा र स्वतन्त्र सदस्यहरूको विरोधका कारण कार्यवाही अघि बढ्न सकेको छैन। मुख्यमन्त्री कमलबहादुर शाहले बारम्बार सर्वदलीय बैठक बोलाए पनि कुनै समाधान प्राप्त गर्न नसकेको छ।सत्तापक्ष र प्रतिपक्षका बीचको सहमति नहँुदा प्रदेश सभा सञ्चालनमा बाधा आएको छ। यस विषयमा सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेश सभा अनिर्णयको बन्दी बनाइरहनु उचित होइन भन्दै तर्क गरेका छन्। प्रदेशका लागि आवश्यक कानुन बनाउने प्रक्रिया अझै बाँकी रहेकोले अवरोधको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।मुख्यमन्त्री र प्रतिपक्षका बीच खर्च कटौतीको विषयमा केही सकारात्मक वार्ता भएको भएपनि, नेकपा ९एमाले० का असहमतिका कारण सहमति बन्न सकेको छैन। प्रदेश सभाको गतिरोध अझै कायम रहेको छ र बर्खे अधिवेशनको समय नजिक आइरहेको छ, तर पुरानो अधिवेशन अझै समाप्त हुन सकेको छैन।प्रदेश सभाको गतिरोध समाधानका लागि सत्तारूढ र प्रतिपक्षका दलहरूले सहमति गर्नुको विकल्प छैन, यसरी प्रदेश सचिवालयका सचिव देवबहादुर बोगटीले स्पष्ट पारेका छन्।





तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार