समाचार
हुम्लामा ३९ वटा दुर्लभ हिउँ चितुवा भेटिए

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ र लोपोन्मुख हिउँ चितुवा पाइएको छ। उकाली तथा तेस्रो ध्रुव संरक्षणको समन्वयमा डिभिजन वन कार्यालय हुम्लाले गरेको सर्वेक्षणमा यो चितुवा संख्या पाइएको हो।सन् २०२२ देखि २०२३ सम्म गरिएको क्यामेरा ट्र्यापिङ प्रविधिको प्रयोगमा आधारित सर्वेक्षणले नाम्खा गाउँपालिकाभर ६१ वटा क्यामेरा ट्र्याप प्रयोग गरिएको थियो। यस सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले जानकारी दिए कि यस अध्ययनले हिउँ चितुवा संरक्षण र गणनाका लागि महत्त्वपूर्ण आधार प्रदान गरेको छ।नेपाल सरकारले आगामी वर्ष २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना र संरक्षणलाई उच्च प्राथमिकता दिएको छ, र यो अनुसन्धान अभियानको सफलता यस क्षेत्रमा रहेका हिउँ चितुवाको संख्या र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।हुम्ला क्षेत्रको जैविक विविधता र पर्यावरणीय महत्वलाई दृष्टिगत गर्दै, नेपाल सरकार र विभिन्न अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरुले यस हिउँ चितुवा संरक्षण अभियानलाई थप प्रवर्धन गर्न काम गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्