दुर्गा प्रसाईं हावा हुन् भन्ने हामीले बुझेकै हौं : प्रचण्ड - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

दुर्गा प्रसाईं हावा हुन् भन्ने हामीले बुझेकै हौं : प्रचण्ड

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२४
  • सुन्नुहोस् 
 
दुर्गा प्रसाईं हावा हुन् भन्ने हामीले बुझेकै हौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘हावा मान्छे’ भनेर टिप्पणी गरेका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारकै कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘तीनकुनेमा राजावादी भन्नेहरूले नेवार कन्याहरूलाई अगाडि राखेर बडो नेवार समुदाय हामीसँग छ भन्ने देखाउन खोजे । तर एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा-हावा छ मान्छे । त्यो हामीले बुझेकै कुरा हो । नेवा समुदायले साथ दिएन भन्दै हिँडेका छन् । यो कुरा पनि नेवार समुदायले बुझाइदिनुपर्छ । किन कि त्यसो भनेको पनि ठिकै हो । नेवारले साथ दिँदैनन्–गणतन्त्र विरोधीलाई,

अध्यक्ष प्रचण्डले नेवार समुदायको इतिहास र संस्कृतिलाई बर्बाद पार्नेहरूलाई नेवार समुदायले साथ नदिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार