समाचार
दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् त।हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
ढुंगाना अस्पतालबाट डिस्चार्ज भएपछि हेटौंडा–११ नवलपुरस्थित भीमफेदी गाउँपालिका–९ का वडा सदस्य उदयप्रसाद हटवालको घरमा बास बसेका थिए ।बिहान अबेरसम्म नउठेपछि झयालबाट हेर्दा ढुंगाना झुन्डिएको अवस्थामा देखिएपछि हटवालले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार ढुंगाना खादा र टाइको डोरीमा झुन्डिएको अवस्थामा फेला परेका थिए । पाइन्टमा लगाउने पेटी भने चुँडिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । पेटीलाई पासो बनाउन खोज्दा चुँडिएको हुन सक्ने अनुमान प्रहरीको छ ।भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले अगुवा कृषकहरूलाई पूर्वीनेपालको भ्रमण सकेर फर्किँदै गर्दा बाप्र ०६–००१ ख ०२७० नम्बरको बस पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी स्थित मदन भण्डारी मार्ग ९धरान–चतरा सडक खण्ड० को मोडमा दुर्घटनामा परेको थियो । अगुवा कृषक सवार बस मकवानपुरमा दुर्घटना, ३ जना गम्भीर घाइते
पशु विकास शाखाका प्राविधिक कर्मचारी समेत रहेका ढुंगाना दुर्घटनामा परेर सामान्य घाइते भएका थिए ।बसमा सवार अन्य ३० जना घाइते छन् । घाइते हुनेमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी र कृषकहरू छन् । उनीहरूको हेटौंडा र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी अर्यालले बताए ।घाइतेमध्ये भीमफेदी–६ बस्ने ४५ वर्षीया सुमित्रा लामा र ५५ वर्षकी सानी आलेको अवस्था गम्भीर छ । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।बसका चालक भने फरार छन् ।प्रहरीका अनुसार ढुंगाना दुर्घटनामा परेको बसका सञ्चालक समेत हुन् ।भ्रमणमा सँगै रहेका कृषि प्राविधिक सुदीप पराजुलीका अनुसार बस दुर्घटनापछि ढुंगाना आत्तालिएका थिए ।विमलको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्