समाचार
२ सय ४४ किलो गाँजासहित बोलेरो चालक सर्लाहीमा पक्राउ

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–११ स्थित हिरापुर क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अवैध गाँजासहित एक बोलेरो चालकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सोही नगरपालिका–१, नवलपुर निवासी २५ वर्षीय सुशिल चौधरी हुन्।गएराति मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा।२० च १७८२ नम्बरको बोलेरो गाडी इलाका प्रहरी कार्यालय, लालबन्दीबाट खटिएको टोलीद्वारा जाँच गर्दा धानको भुस्साको बोरा मुनी लुकाएर ल्याइएको करिब २ सय ४४ किलोग्राम गाँजा बरामद गरिएको थियो।प्रहरीका अनुसार गाँजाको सो परिमाण अत्यन्तै सुनियोजित तरिकाले लुकाइएको थियो र आवश्यक अनुसन्धान कार्य जारी रहेको जानकारी दिइएको छ।यस कारवाहीलाई प्रहरीले लागूऔषध नियन्त्रणमा ठुलो सफलता मानेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्