समाचार
४ वर्षीया बालकमाथि हँसिया प्रहार

धनगढी । कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएको छ । घोडाघोडी नगरपालिका ५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीया छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) कबिन्द्र सिंह बोहराले प्रेम आगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कडेलले पराल र भुषा राखेको कोठमा लगेर गर्धनमा हँसिया प्रहार गरेको पाइएको बताए ।बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ ।हँसिया प्रहार गर्ने अर्जुन कडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्