सिकार खेल्दा भरूवा बन्दुक पड्किदा युवकको मृत्यु, - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सिकार खेल्दा भरूवा बन्दुक पड्किदा युवकको मृत्यु,

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-५
  • सुन्नुहोस् 
 
सिकार खेल्दा भरूवा बन्दुक पड्किदा युवकको मृत्यु,

धनगढी । डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला भरूवा बन्दुक पड्किदा एक युवकको मृत्यु भएको छ ।बडिकेदार गाउँपालिका(१ को बर्छेन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर लाग्दा सोही गाउँपालिका(२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्युु भएको प्रहरीले जनाएको छ ।डोटीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० विनोद शर्माले बडिकेदार गाउँपालिका(१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको बताए ।दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका( १ बेडुपाटा खोलाको किनारमा रहेका बन्दुक बोक्ने ४८ वर्षीय कमल सिंह खड्का,२६ वर्षका खेम खड्का, ५२ वर्षका तारा सिंह खड्का रहेका छन् ।यस्तै, ३९ वर्षका तेजेन्द्र भाट, ४० वर्षका अमर शाह, ३१ वर्षका चक्र भाट, १८ वर्षका सुनिल बम,३७ वर्षका गणेश ब। घर्ती मगर, ७१ वर्षीय मानबहादुर शाह र २६ वर्षीय  जुलेश नामजाली मगरलाई पनि पक्राउ गरेको एसपी शर्माले बताए ।उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार