शौचालयमा थुनेर योगेश भट्टराईलाई प्रहरीले दियो सुरक्षा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

शौचालयमा थुनेर योगेश भट्टराईलाई प्रहरीले दियो सुरक्षा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-६
  • सुन्नुहोस् 
 
शौचालयमा थुनेर योगेश भट्टराईलाई प्रहरीले दियो सुरक्षा


ताप्लेजुङ। नेकपा (एमाले)का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ।कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेप पुगेका थिए।उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए।

कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध  नो केबलकार समूह र पहिचानवादी समूहले नाराबाजी गरेका थिए।अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए।

उनी शौचालय भित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।

लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा दिनका लागि केही बेर चुकुल लगाइएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार