आज देशभर नयाँवर्ष अर्थात सुदूरपश्चिममा विशुु पर्व हर्षोल्लास साथ मनाइँदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

आज देशभर नयाँवर्ष अर्थात सुदूरपश्चिममा विशुु पर्व हर्षोल्लास साथ मनाइँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१
  • सुन्नुहोस् 
 
आज देशभर नयाँवर्ष अर्थात सुदूरपश्चिममा विशुु पर्व हर्षोल्लास साथ मनाइँदै

धनगढी। आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर नयाँवर्ष अर्थात विशुु पर्व एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ।

फुलबारी मिडिया बाट सम्पुर्ण इष्टमित्र, दाजुभाई दिदिबहिनी,आफन्तजन हरुलाई २०८२ सालको हार्दिक मंगलमय शुभकामना।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  माधव भट्टराले बताए।  

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च