धनगढीमा अस्तव्यस्त पार्किङ पैदलयात्रीलाई सास्ती (फोटो फिचर) - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा अस्तव्यस्त पार्किङ पैदलयात्रीलाई सास्ती (फोटो फिचर)

  • Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-१-१२
  • सुन्नुहोस् 
 
धनगढीमा अस्तव्यस्त पार्किङ पैदलयात्रीलाई सास्ती (फोटो फिचर)

धनगढी। सडकमै जथाभावी पार्किङ धनगढी बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधन पार्किङ हुने गरेका छन । अस्तव्यस्त पार्किङले बजार कुरूप बन्दै गएको छ । दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ ।

धनगढी बजारका मुख्य सडक बसपार्क आवतजावत गर्ने बाटो सुदूरपश्चिम प्रादेशिक लगायतका अति संवेदनशील ठाउँमा ठाँउमा अझैपनि व्यवस्थापित पार्किङ छैन। पार्किङको व्यवस्था राम्रो नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन् । व्यवस्थित पार्किङमा स्थानीय तह र ट्राफिक प्रहरीको विशेष भूमिका आवश्यक छ ।


अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढने मात्रै हैन सडक पेटिमा हिँडडुल गर्ने अधिकांश व्यक्तिहरूलाई सास्ती छ । व्यस्त सडकका छेउमा पार्किङ गरिएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन ।



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार