फुलवारीमै पहिलो पटक नोबेल एकेडेमीमा ईसीईसी प्रणालीसहितको प्री-प्राइमरी शिक्षा सुरू - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

फुलवारीमै पहिलो पटक नोबेल एकेडेमीमा ईसीईसी प्रणालीसहितको प्री-प्राइमरी शिक्षा सुरू

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१९
  • सुन्नुहोस् 
909   
फुलवारीमै पहिलो पटक नोबेल एकेडेमीमा ईसीईसी प्रणालीसहितको प्री-प्राइमरी शिक्षा सुरू

धनगढी । धनगढी उपमहानगरपालिका १४ फुलवारीस्थित नोबल एकेडेमीले फुलवारी क्षेत्रमै पहिलोपटक इयर्ली चाइल्डहुड एजुकेसन एण्ड केयर (ईसीईसी) प्रणालीसहितको प्री-प्राइमरी ब्लकको उद्घाटन गरेको छ । बिहिबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाको प्रमुख आथित्यतामा बालमैत्री शिक्षा प्रदान गर्नको लागि ईसीईसी ब्लकको उद्घाटन गरेको हो।

२०७२ सालमा जम्मा ३५ जना विद्यार्थीबाट सुरु भएको विद्यालयले अहिले कक्षा ७ सम्म ३ सय५२ जना विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिँदै आइरहेको विद्यालयकी प्रिन्सिपल सुष्मा पर्साईले जानकारी दिइन्। प्रमुख अतिथि उपमहानगरपालिकाका उपप्रमुख रानाले कार्यक्रमलाई सम्बोधन गर्दै प्रारम्भिक बाल शिक्षा आधुनिक शिक्षाको मेरुदण्ड भएको उल्लेख गरिन्। बालबालिकाहरूको लागि नोबेल एकेडेमीले गरेको यो प्रयास उत्कृष्ट रहेको उनले बताइन्।

बालबालिकाहरूको बेस बनाउन सके माथिको नतिजा आफै सुधार हुने भएकाले पनि खेल्दै सिक्दै गर्दा बालबालिकालाई झन् बढी प्रोत्साहित गर्ने भएकाले नोबेल एकेडेमीले लागु गरेको ईसीईसी कार्यक्रम थप प्रभावकारी बन्ने उनको भनाइ रहेको छ।

विद्यालयले बालमैत्री कक्षाकोठा, शिक्षण सामग्री, प्रशिक्षित शिक्षक र क्रियाकलापमा आधारित सिकाई मार्फत शिक्षा दिने वातावरण निर्माण गरेको विद्यालयकी प्रिन्सिपल पर्साईले जानकारी दिइन् ‌‌।

विद्यालयका अनुसार ईसीईसी कक्षामा बच्चाहरूको शारीरिक, मानसिक, सामाजिक र बौद्धिक विकासलाई प्राथमिकतामा राखिएको छ ।

यो उपलब्धि सम्पूर्ण फुलवारीवासीको साझा गर्वको विषय भएको र यसलाई सफल पार्न सम्पूर्ण अभिभावकहरूले साथ सहयोग गर्नुपर्ने विद्यालय परिवारले अपेक्षा गरेको छ।



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार