सरकारी टोलीसहित धनगढीको बाढी प्रभावित क्षेत्रमा पुगे पूर्वमन्त्री देउवा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सरकारी टोलीसहित धनगढीको बाढी प्रभावित क्षेत्रमा पुगे पूर्वमन्त्री देउवा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१७
  • सुन्नुहोस् 
750   
सरकारी टोलीसहित धनगढीको बाढी प्रभावित क्षेत्रमा पुगे पूर्वमन्त्री देउवा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार बिकास मन्त्री प्रकाश देउवा धनगढीको बाढी प्रभावित क्षेत्रमा वडा अध्यक्ष, शहरी बिकासका ईन्जिनियर र निर्माण व्यबसायीको टोली लिएर अनुगमन गर्न पुगेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको धनगढीको २ र ३ नम्बर बडाको ६ लेन सडक छेउका नालीको बहाव नभएको र डुवानको समस्या भएको भनेपछि पुर्वमन्त्री देउवा सो क्षेत्र निरिक्षण गर्न पुगेका छन् । देउवा शहरी बिकास कार्यालयका ईन्जिनियर पुपराज भट्ट, वडा नम्बर ३का वडा अध्यक्ष राजबहादुर ऐर, वडा नम्बर २का वडा अध्यक्ष धर्मराज ओझा, वडा नम्बर ४का वडा अध्यक्ष बुद्धीबहादुर खड्का, वडा नम्बर १का अध्यक्ष सुन्तोष मुडभरी, वडा नम्बर ५का अध्यक्ष गजेन्द्र शाही र निर्माण व्यबसायी अरुण सिह, किरण रावल सहितको टोली प्रभावित क्षेत्र पुगेका हुन् । सो क्षेत्र पुगेर नागरिकहरुका गुनासा समेत संकलन गरेका छन् ।

अनुमगनका क्रममा धनगढी २ र ३ मा निर्माणाधिन अवस्थामा रहेको नालीको अनुगमन गरेका छन् । भन्सार मिलनचोक क्षेत्रको छ लेन सडकमा बनी रहेको नालीको अवस्था र स्थानीयहरूको गुनासो सम्बोधन गर्न पुगेका थिए । असार १६ गते दिन भर परेको भारी वर्षाले निर्माणाधिन अवस्थामा रहेको नाली र स्थानीयहरुलाई भएको समस्या बारे जानकारी लिँदै निर्माण कम्पनीलाई यथासिघ्र काम सल्काउन र स्थानीयहरूको तत्कालको समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

निर्माणकै क्रममा देउवाले भने “सडक निर्माणका काम सहि मापदण्ड अनुसार नहुँदा धनगढीमा डुवानको समस्या भएको हो । मैले आफ्नो कार्यकालमा सबै सडक निर्माण मापदण्ड र कार्यविधिमा टिकेर निर्माण गर्न लगाएको समेत दाबी गरे ।” धनगढीको ६ लेन सडकको भन्सार देखि राजपुर सम्म नाली निर्माणको काम अघि वढेको छ, यो नाली मात्रै बनाउन सके अधिक डुबानको समस्या समाधान हुने देउवाले बताए ।

अनुगमनकै क्रममा सहरी विकास कार्यालय धनगढीका इन्जिनियर पुष्पराज भट्टले निर्माणधिन अवस्थामा रहेको छ लेन सडकको नाली सफल भएको बताए। अझै निर्माणकै क्रममा भए पनि असार १६ गते परेको अविरल वर्षाले गर्दा जम्मा भएको पानी नालीबाट मोहना नदीमा पास गरेको बताए ।निर्माण कम्पनीले सहि तरिकाले काम गरेकै कारण यो नाली सफल भएको छ, यसै गरी सबै काम सफल पार्न लाग्नु पर्ने बताए । धनगढीमा डुवान हुने मुख्य कारण भनेकै सडक भएकाले सडक निर्माणको क्रममा निर्माण कम्पनी र स्थानीयहरुले विशेष ध्यान दिनु पर्ने बताएका छन् ।निर्माणाधिन छ लेन सडकको नाली मात्रै निर्माण भए पनि केही हदसम्म डुवानको समस्या कम हुने अपेक्षा गरेको इन्जिनियर भट्टको भनाइ छ।

अनुगमनका क्रममा पूर्व भौतिकमन्त्री प्रकाश देउवालाई स्थानीयहरुले निर्माण कम्पनीले काम गर्दै गर्दा गरेका कमीकमजोरीको बारेमा जानकारी गराएका थिए । स्थानीयका समस्या प्रति विशेष चासो दिँदै देउवाले निर्माण कम्पनीलाई यथासिघ्र भएका कमिकमजोरी सच्याउन समेत निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार