प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-८
  • सुन्नुहोस् 
 
प्रहरी जवानको नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ

काठमाडौं । प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा छिन् । उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।उनले प्रहरी जवानको परीक्षा दिइरहेकी थिइन् । अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।उनीविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च