राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही सिंहदरबारबाटै नियन्त्रणमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही सिंहदरबारबाटै नियन्त्रणमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-७
  • सुन्नुहोस् 
 
राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही सिंहदरबारबाटै नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामा र प्रवक्ता ज्ञानेन्द्र शाही प्रक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सिंहदरबारबाटै पक्राउ गरेको हो । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रहेका अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको राप्रपा उपाध्यक्ष एवं सांसद ध्रुवबहादुर प्रधानले बताए । बिजुली  बजारको निषेधित क्षेत्र तोड्ने योजनाअनुसार बिजुलीबजार जान बाहिर निस्कदै गर्दा दुई नेताहरु पक्राउ परेका हुन् । 

अन्य नेताहरुले भने पक्राउ नदिने मनस्थिति बनाएका छन् । सबै भित्र रहेर काम गर्न अप्ठेरो हुने भएकाले बाहिर रहेर पनि कार्यकर्ताहरुलाई मोबिलाइज गर्न पर्ने भएकाले अन्यले पक्राउ नदिने एक नेताले बताए । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार