सरकार सहमतिमै अघि बढेको छ : गृहमन्त्री लेखक - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सरकार सहमतिमै अघि बढेको छ : गृहमन्त्री लेखक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-६
  • सुन्नुहोस् 
 
सरकार सहमतिमै अघि बढेको छ : गृहमन्त्री लेखक

पोखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका छन्। पोखरामा आज पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन्।

सरकार सहमतिका साथ नै अघि बढिरहेको उनले बताए। लेखकले भने, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ।’

पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे। लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यममाथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गरे।

उनले लोकतन्त्रमा कमि कमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पारे।

आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे। आफू गृह मन्त्रालयको जिम्मेवारी सम्हाले यताको नौ महिनाको अवधिमा कानुनी एवम नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनेतर्फ लागेको उनको भनाई छ। अपराध नियन्त्रण, लागूऔषध, आत्महत्या, साइबर अपराध जस्ता विभिन्न चुनौतीको सामना गर्ने कुरामा सरकार दृढ रुपमा अघि बढेको उनले बताए।

गभर्नर नियुक्तिलगायतका विषयमा कुनै  समस्या नरहेको बताउदै शिक्षकका मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार