समाचार
कैलालीमा नहरमा बगेर बेपत्ता भएकी बालिकाको शव भेटियो

धनगढी । कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा बगेर बेपत्ता भएकी बालिकाको शव भेटिएको छ ।
लम्कीचुहा नगरपालिका–३ को बल्चौर सोमबार नहरमा नुहाउने क्रममा बगेर ९ वर्षीय खुसी वादी बेपत्ता भएकी थिइन । उनको मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव विद्युत् इन्टेकमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साथिहरु सँगै नहरमा नुहाउन गएकी शुसी साथीलाई बचाउन खोज्दा आफै डुबेर बेपत्ता भएकी थिइन ।
तपाइको प्रतिक्रिया दिनुहोस्