बजेट अभावले कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना अलपत्र - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बजेट अभावले कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना अलपत्र

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२
  • सुन्नुहोस् 
 
बजेट अभावले कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना अलपत्र

धनगढी। बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौँदेखि अलपत्र परेका छन्।

आर्थिक वर्ष २०७१-७२ देखि सञ्चालित सङ्घीय ससर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन्। यी आयोजनाबाट करिब रु. दुई अर्ब दायित्व सिर्जन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ।

प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुने हुँदा आयोजना सम्पन्न भएकाले प्रतिफलसमेत प्राप्त नभएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर ग्रीष्म थापाले बताए। थापाका अनुसार जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गतका कैलालीमा ३२ र कञ्चनपुरमा २२ वटा खानेपानी आयोजना अधुरा छन।

यी आयोजना सम्पन्न गर्न सरकारले पर्याप्त बजेट विनियोजन गरेमा एक वर्षमा सम्पन्न हुनसक्ने उनको भनाइ छ। कार्यालयका अनुसार सङ्घीय सरकारले आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् । कैलाली र कञ्चनपुरमा सञ्चालित कतिपय आयोजनाका भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन्।

बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार रु. १० करोडका आयोजनामा वार्षिक रु. दुई–चार लाख बजेट विनियोजन हुँदै आएकाले विनियोजन हुने बजेटको अनुपातमा काम सम्पन्न गर्न अझै बर्सौँ लाग्ने देखिएको छ।

१० देखि १५ हजार जनसङ्ख्या लाभान्वित हुने आयोजना सम्पन्न गर्न रु तीनदेखि रु. छ करोड बजेट आवश्यक देखिएकामा न्यून बजेट विनियोजन हुने गरेकाले काम अलपत्र परेका इन्जिनियर थापाले बताए। डिपबोरिङ, ओभर हेड, कम्पाउन्ड वाल र अफिस घरलगायत भौतिक संरचना तयार भइसकेका आयोजनामा पाइप बिछ्याउन बजेट नपुगेर खानेपानी सञ्चालनमा ल्याउन नसकिएको भन्दै तयार भएका आयोजनाका संरचना जीर्ण हुँदै गएका उनको भनाइ छ।आयोजना धेरै बाँडेर बजेट कम विनियोजन हुँदा सम्पन्न गर्ने समयावधि लम्बिँदै गएको इन्जिनियर थापाले उल्लेख गरे।

सङ्घीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी आयोजनामा सङ्घीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्दै आएको छ। न्यून बजेट विनियोजनले निर्माण भइरहेका आयोजना सम्पन्न गर्न अझै समय लाग्ने उनको भनाइ छ। आधारभूत खानेपानी सबै नागरिकलाई समयमा पुर्‍याउन बजेट बढाउनुपर्नेमा इन्जिनियर थापाले जोड दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकमा अझै पनि आधारभूत खानेपानीको सुविधा पुगेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च