फोहोरी राजनीतिको अंग बन्न क्रियाशील भएका होइनौँ — गगन थापा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

फोहोरी राजनीतिको अंग बन्न क्रियाशील भएका होइनौँ — गगन थापा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२
  • सुन्नुहोस् 
 
फोहोरी राजनीतिको अंग बन्न क्रियाशील भएका होइनौँ — गगन थापा


काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले फोहोरी राजनीतिको अंग बन्नका लागि आफूहरू अहिले क्रियाशील नभएको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू फोहोर सफा गर्नका लागि पोखरीमा पसेको बताए ।

फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिलेकाहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिए पनि आफूहरू फोहोरमा मिसिन नभई सफा गर्नका लागि गएको बताए ।

महामन्त्री थापाले भने, ‘हामी पनि अहिले फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ। फोहोर सफा गर्न पोखरीमा छिरेको हुनाले कहिलेकाहीँ बाहिरबाट हेर्दै गर्दा फोहोर नै देखिन्छ। तर त्यहाँ हामी मिसिन गएको होइन। सफा गर्न गएको हो। हामी मिसिन्नौँ। हामी त्यसको पार्ट बन्दैनौँ। हामी त्यसको अङ्ग बन्दैनौँ। हामी फोहोर सफा गर्न गएको हो। हामीलाई थाहा छ, हामी अहिले गाली खाइरहेका छौँ, हामीलाई प्रश्न गरिरहेका छन्। किनभने बाहिरबाट हेर्दै गर्दा त्यस्तै देखिन्छ तर हामी त्यो होइनौँ।

उनले अहिलेको सरकार नेपाली कांग्रेस सम्मिलित सरकार भएकाले सरकारको पर्फर्मेन्स बढाउन आफूले चाहेको जिकिर गरे। उनले ‘गुड गभर्नेन्स’को कुरामा सरकार नचुकोस् र सरकारप्रति खबरदारी गर्ने कुरामा पनि काँग्रेस सचेत रहेको बताए। नागरिकको अवस्था बदलिने कुराको अवरोध नेतृत्व भएको जिकिर गरे। सम्झाएर र बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्नुपर्ने उनको भनाइ छ।

उनले भने, हामीले व्यवस्था बदल्यौँ तर अवस्था के कारणले बदलिरहेको छैन भने नेताको शैलीको कारणले गर्दा बदलिएको छैन। अवस्था बदलिने कुराको अवरोध नेतृत्व हो। नेता भनेर कुनै अमुक भनेको छैन, म पनि त्यसभित्र पर्दछु। नेतृत्वको शैली हो। नेतृत्वको शैली बदल्ने हो। नेतृत्वको शैली बदल्न, सम्झाएर बुझाएर अहिलेको शैली बदल्न सके त्यो बदल्ने हो।

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्र नागरिकको अहिलेको अवस्था बदल्न नेताको शैलीमा सुधार गर्नुपर्ने बताए। उनले नेतृत्वका कारण नागरिकको अवस्था नबदलिएको बताए ।

उनले भने, सम्झाएर बुझाएर नेतृत्वको शैली बदल्न नसके नेता बदल्ने हो। समस्या नेतामा छ। नेता बदल्दा समस्या समाधान हुन्छ भने त्यो भन्दा अर्को कुरा बदल्नुपर्छ कि भनेर भन्ने कुराले निकास आउँदैन।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च