शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२
  • सुन्नुहोस् 
 
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक

 काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गर्न मन्त्रीहरू छलफलमा जुटेका छन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा जुटेका हुन् ।

सिंहदरबारस्थिर अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री विद्या भट्टराईसहितको बैठक जारी छ ।

शिक्षकको सेवा सुविधाका विषयमा तत्काल मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा छलफल गर्नका लिग मन्त्रीहरुको बैठक बसेको हो ।

अहिले संसद नबसेको अवस्थामा मन्त्रिपरिषद् र मन्त्रालयस्तरको निर्णयबाट शिक्षकका माग सम्बोधन गर्ने गरी सरकारले तयारी थालेको छ । त्यसकै लागि आज मन्त्रीहरू छलफलमा जुटेका हुन् ।

शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । यसले गर्दा भर्ना अभियानका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च