डिआइजी बाट एआइजीमा ६ जना सिफारिस - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

डिआइजी बाट एआइजीमा ६ जना सिफारिस

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-४
  • सुन्नुहोस् 
 
डिआइजी बाट एआइजीमा ६ जना सिफारिस

६ जना प्रहरी नायब महानिरीक्षक बाट  प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन्।

बिहीबार बसेको गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयले ६ जना डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

खापुङ केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट, आचार्यलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा, पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडा, कार्कीलाई लुम्बिनी प्रदेश कार्यालय तुलसीपुर, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत छन्।

एआइजी बढुवा नहुँदा प्रहरीका महत्वपूर्ण विभागहरू रिक्त थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्