समाचार
कञ्चनपुरका २२ वर्षीय राहुलको ठगी धन्दा, ईसेवाबाट करोड बढी चोरी

काठमाडौं । चार हजारभन्दा बढी व्यक्तिको इसेवा खाताबाट रकम चोरी गरेको आरोपमा राहुल बुढा पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर- १ स्थायी घर भइ काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई पक्राउ गरेको हो । बुढाले ती एसएमएसहरु मोबाइलमा पठाएर ‘तपाईंको खाता सस्पेण्ड हुन लागेको’भनी चेतावनी दिई भेरिफाई गर्नको लागि लिंक खोल्न लगाउने गरेका थिए । त्यसपछि सम्बन्धित व्यक्तिहरुको ईसेवा खातामा पहुँच पुर्याएर रकम चोरी गर्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।
उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा एक करोड २ लाख रुपैयाँ रकम ट्रान्सफर गरेको प्रहरीले जनाएको छ ।
उनलाई कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्