धनगढी । नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य पदहरूमा खुल्ला तथा समावेशी प्रक्रियामार्फत पदपूर्तिका लागि भर्ना आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले कात्तिक २८ गतेदेखि मंसिर २७ गतेसम्म कार्यालय समयभित्र स्वयम् उपस्थित भई दरखास्त दिन समय सिमा निर्धारण गरेकाे थियाे। तोकिएको समय सकिएपछि दोब्बर दस्तुर बुझाएर पुस ५ गतेसम्म आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ।
भर्ना प्रक्रियाका लागि सैन्य पद भर्ना केन्द्र, सुदूरपश्चिम प्रदेश, तेघरी, कैलालीमा सम्पर्क गर्न सकिने नेपाली सेनाले जनाएकाे छ । सञ्चालन भइरहेको छ।
यस अन्तरगत क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त भएका नेपाली सैनिकका सन्तति: १३ जना,खुल्ला: १३० जना,समावेशी: महिला २२ जना,आदिवासी/जनजाति ३४ जना, मधेसी ३० जना, दलित १६ जना, पिछडिएको क्षेत्रबाट ५ जना गरी २५० जना सैनिक पदमा भर्ना गरिने खुले नेपाली सेनाकाे सूचनामा उल्लेख छ ।
अवेदन दिन न्यूनतम कक्षा ८ उत्तीर्ण भई १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनु पर्नेछ । यसैगरी शारीरिक योग्यता नेपाली सेनाले तोकेको मापदण्ड अनुसार हुनुपर्ने बताईएकाे छ ।











तपाइको प्रतिक्रिया दिनुहोस्