नयाँ सन्देशकी प्रधानसम्पादक चन्दलाई दुर्व्यवहार गर्ने युवक पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नयाँ सन्देशकी प्रधानसम्पादक चन्दलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-९-१
  • सुन्नुहोस् 
603   
नयाँ सन्देशकी प्रधानसम्पादक चन्दलाई दुर्व्यवहार गर्ने युवक पक्राउ : Phulbari Khabar

धनगढी । धनगढीबाट सञ्चालित नयाँ सन्देश अनलाइनकी प्रधानसम्पादक रमा चन्दमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २८ वर्षीय मनीष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Phulbari Khabar

धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको भिडिओ कैद गर्ने क्रममा चन्दमाथि दुर्व्यवहार भएको थियो। महोत्सवबारे क्यामेरामा बोलिरहेकै बेला पछाडिबाट आएका एक अपरिचित युवकले नियतवश जोरले धक्का दिएको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको थियो।

चन्दको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै सोमबार साँझ आरोपीलाई पक्राउ गरेको हो। पक्राउ परेका मनीष श्रेष्ठ पाल्पा घर भई हाल धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक रहेको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिए। घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको एसपी चन्दको भनाइ छ।

Phulbari Khabar

यस घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समिति र कैलाली जिल्ला शाखाले गम्भीर आपत्ति जनाउँदै सार्वजनिक स्थलमा पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको उल्लेख गरेको थियो।

महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि आघात पुग्ने यस्ता घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको थियो। प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च