नेपाली काँग्रेस कैलाली पार्टी सचिव मिश्र र नेविसंघ केन्द्रिय सदस्य बमलाई कारबाही गर्न उजुरी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नेपाली काँग्रेस कैलाली पार्टी सचिव मिश्र र नेविसंघ केन्द्रिय सदस्य बमलाई कारबाही गर्न उजुरी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-४
  • सुन्नुहोस् 
 
नेपाली काँग्रेस कैलाली पार्टी सचिव मिश्र र नेविसंघ केन्द्रिय सदस्य बमलाई कारबाही गर्न उजुरी

धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचनमा नेपाली काँग्रेस कैलालीमा आचारसंहिता विपरित कार्य गर्ने पार्टी तथा भातृ संगठनका पदाधिकारीविरुद्ध कारबाहीका लागि जाहेरी परेको छ ।नेपाली काँग्रेसका उम्मेदवारलाई असहयोग गरेका पार्टीका जिल्ला सचिव केशव मिश्र, नेविसंघका केन्द्रिय सदस्य घनश्याम बम र नेविसंघबाटै २०७९ मा कैलाली बहुमुखी क्याम्पसको कोषाध्यक्ष बनेकी अम्बिका चौधरीमाथि कारबाहीको माग गरिएको छ ।

जिल्ला सचिव मिश्रले कैलाली बहुमुखी क्याम्पसको २०७९ सालको निर्वाचनमा पार्टीबाट प्राप्त रकम सो समयमा कोषाध्यक्षकी उम्मेदवार अम्बिकालाई व्यक्तिगत दिएको तर, अन्य उम्मेदवारलाई नदिई अनियमितता गरेको र अहिलेको निर्वाचनमा पनि नेविसंघका उम्मेदवारलाई असहयोग गर्दै अम्बिकालाई स्वतन्त्र उम्मेदवार बनाएको नेविसंघको आरोप रहेको छ ।

नेविसंघका केन्द्रिय सदस्य बमले पनि निर्वाचन अघि नेविसंघको उम्मेदवार अम्बिका भएको दाबी गरेको, नेविसंघलाई पराजय गर्ने गरि अभिव्यक्ति दिएको, अम्बिकाका लागि घर–घर गई विद्यार्थीहरुसंग भेटघाट गर्दै मत मागेको, सामाजिक सञ्जालमा नेविसंघका लागि सहयोग नगर्नु र स्वतन्त्र जिताउ अभियान चलाएको, अम्बिका लागि मत मागेको स्पष्ट देखिएकोले कारबाही गर्न सिफारिस नेविसंघ कैलाली बहुमुखी क्याम्पसले पार्टीलाई सिफारिस गरेको छ ।


यसरी नेविसंघ र नेपाली काँग्रेस पार्टीको विधान, आचारसंहिता र मर्यादा विपरितका गतिविधिमा संलग्न भई नेविसंघका उम्मेदवार र समग्र नेविसंघलाई आघात पु¥याउनेमाथि उल्लेख पार्टीसंग सम्बन्धित व्यक्तिलाई पार्टीको विधि, विधान र नियम बमोजिम अनुसन्धान गरि आवश्यक कारबाहि गरि दिन अनुरोध गर्दछौं’ सिफारिसमा भनिएको छ –‘नेविसंघबाट उम्मेदवार रहेकाहरुले संयुक्त रुपमा प्राप्त प्रमाणहरु, उम्मेदवार र नेविसंघ कैलाली बहुमुखी क्याम्पसका आस्थावानहरुको हष्ताक्षर र उजुरी गर्ने निर्णय समेतको प्रतिलिपि सहित यो उजुरी पत्र पेश गरेका छौं ।’ पार्टीमा पेश भएको उजुरीपत्र पार्टीको अनुशासन समिति, नेविसंघ केन्द्रिय कार्यसमिति, जिल्ला कार्य समिति, अनुशासन समितिमा पनि पेश गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्