राष्ट्रिय
प्रधानमन्त्री ओलीद्वारा बजेट तयारीका लागि मन्त्री र सचिवहरूसँग विशेष परामर्श

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्रता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आज सबै मन्त्री र सचिवहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएका छन्।दिउँसो साढे ३ बजे तय गरिएको बैठकमा प्रधानमन्त्री ओलीले हालसम्मका योजना तथा कार्यक्रमहरूको प्रगतिबारे जानकारी लिने र आगामी नीति तथा कार्यक्रमका सन्दर्भमा महत्वपूर्ण सुझावहरू लिने तयारी गरेका छन्।संविधानअनुसार सरकारले नयाँ बजेट जेठ १५ गते संसदमा पेश गर्नुपर्छ। त्यसअघि राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ, जसलाई ‘मिनी बजेट’ को रूपमा पनि चिनिन्छ।प्रधानमन्त्रीको यो परामर्श बैठकले नीति निर्माणमा सहकार्य र पारदर्शिता बढाउने विश्वास गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्