नेवीसंघबाट म्यान अफ द इलेक्सन’ भएकी सरिताको मत सबैभन्दा उत्कृष्ट - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नेवीसंघबाट म्यान अफ द इलेक्सन’ भएकी सरिताको मत सबैभन्दा उत्कृष्ट

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२९
  • सुन्नुहोस् 
 
नेवीसंघबाट म्यान अफ द इलेक्सन’ भएकी सरिताको मत सबैभन्दा उत्कृष्ट

धनगढी। कैलाली बहुमुखी क्याम्पसबाट स्ववियु निर्वाचनमा सरिताले निर्वाचित भएका पदाधिकारी, सदस्यहरुभन्दा बढी ८६५ मत ल्याएर ‘म्यान अफ द इलेक्सन’ भएकी छन् ।

भर्खर बैतडीबाट तराई झरेर केएमसीमा १९ वर्षको कलिलो उमेरमै लोकप्रिय मत ल्याएपछि सरितालाई बधाईको ओइरो आउन थालेको छ ।

बैतडीको मेलौली नगरपालिका २ सलेना(सेली) घर भएकी सरिता केएमसीमा स्नातक तह मानविकी संकायको पोलिटेक्निकल साइन्स एण्ड जर्नालिजम पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् । सर्वाधिक मत पाएकी सरिता क्याम्पसमा पनि सबैसंग मिल्ने,अनुशासित विद्यार्थीका रुपमा चिनिन्छन् ।

कांग्रेस पृष्ठभूमीबाट हुर्किएकी सरिताका बुवा देवदत्त भट्ट नेपाली कांग्रेस बैतडीको क्षेत्रीय प्रदेश सभा ख का सचिव छन् ।

घरकी जेठी छोरी सरितालाई सानैदेखि कांग्रेसको कार्यक्रम भएमा संगै लैजान्थे । त्यसपछि सरिताले सानैबाट कांग्रेसबारेमा बुझ्न थालिन् । उसो त बुवा पनि संघर्षबाटै कांग्रेसको राजनीति सुरु गरेका हुन् ।

नेविसंघ बैतडीकी जिल्ला सदस्य रहेकी सरिता प्लस टु सकेपश्चात स्नातक पढ्न धनगढी झरेपछि केएमसीमा भर्ना गरिन् ।

पहिलो सेमेस्टरमा अध्ययनरत सरिता स्ववियु निर्वाचनको मिति घोषणा भएसंगै आफ्नो दाबेदारी पेस गर्न थालिन् ।सरिताको इच्छा त सभापति उठ्ने नभए पदाधिकारीसम्म उठ्ने रहेको थियो । तर प्रदेशकै सबैभन्दा बढी विद्यार्थी रहेको भनिएको यो क्याम्पसमा सरितालाई सदस्यसम्म पनि टिकट बल्ल मिल्यो ।

मिलोस पनि कसरी बुढो पार्टीको विद्यार्थी संगठनमा भर्खर क्याम्पस भर्ना भएकी सरितालाई ।टिकट पाएपश्चात उनले आफू को हो? भन्ने कुरा प्रमाणित गरेकी छन् ।

सर्वाधिक मतसहित जितेकी सरिताले पढाइसंगै राजनीति पनि गर्ने बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार