समाचार
लागुऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको धनगढीबाट ३३ ग्राम लागुऔषधसहित युवक पक्राउ परेका छन् ।गएराति साढे ८ बजे धनगढी उपमहानगरपालिका(५ तारानगरबाट २५ वर्षीय तपेन्द्र शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कबिन्द्र सिंह बोहराले बताए ।उनको साथबाट ३३ दशमलव १० ग्राम ब्राउन सुगर बरामद गरिएको छ । शाहलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्