शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२४
  • सुन्नुहोस् 
 
शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र

काठमाडौं । मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले पत्रमा शिक्षक र कर्मचारीका जायज मागहरूमा समर्थन जनाउँदै, यथोचित समाधानको माग गरेका छन्।

शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि देशभर आन्दोलनमा रहेको र विद्यालयका नियमित कामकाजमा असर परेको उल्लेख गर्दै, गाउँपालिकाले शैक्षिक सत्र २०८२ को भर्ना अभियानमा समेत प्रभावित भएको जनाएको छ।शिक्षक आन्दोलनको कारण एसईई परीक्षा उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको र नतिजा प्रकाशनमा प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार