दुर्गा प्रसाईं भारतबाट पक्राउ, काठमाडौं ल्याइयो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

दुर्गा प्रसाईं भारतबाट पक्राउ, काठमाडौं ल्याइयो

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२९
  • सुन्नुहोस् 
 
दुर्गा प्रसाईं भारतबाट पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं  । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि फरार रहेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट नियन्त्रणमा लिएर शुक्रबार काठमाडौं ल्याएको छ।सुरक्षा स्रोतका अनुसार उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै चन्द्रगढी विमानस्थलमार्फत काठमाडौं ल्याइएको हो। झापामा केहीबेर हिरासतमा राखिएपछि उनलाई विमानस्थल पुर्‍याइयो, जहाँ हतकडीसहित विमान चढाइएको थियो। काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो।प्रहरी स्रोतका अनुसार उनलाई नेपाल ल्याउन विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो। यद्यपि प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ।विमान चढ्ने क्रममा प्रसाईंले आफैं पक्राउ परेको बताएका थिए।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार