समाचार
महिनावारी प्राकृतिक प्रक्रिया, गरिन्छ अझै विभेद कतिसम्म ?

दैलेख । महिनावारीमा छाउगोठ बसेकी चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी लालसरा विकलाई २०७४ जेठ ८ गते सर्पले टोक्यो। भोलिपल्टै लालसराको ज्यान गयो। चामुण्डाबिन्द्रासैनी नगरपालिका लैनचौरकी तुलसी शाहीको पनि महिनावारी बार्ने क्रममै ज्यान गयो।
२०७४ असार २२ गते उनलाई सर्पले टोकेको थियो। छाउगोठमा सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा तुलसीले बाटोमा ज्यान गुमाएकी थिइन्। आफन्त र परिवारको दबाबमा गोठमा सुत्न बाध्य पारिएकी लालसरा र तुलसीले छाउगोठमा सुतेकै कारण ज्यान गुमाए। मृत्यु भएका घटना चर्चामा आए पनि छाउगोठ बस्दा महिलाले भोग्नुपरेका थुपै्र शारीरिक र मानसिक पीडाका खबर प्रायः सार्वजनिक हुँदैनन्।
छाउगोठमा सर्पले टोकेर ज्यान गुमाएकी तुलसीकी आमा धिर्जा शाहीसँग महिनावारी भएका बेला वर्षौंदेखि छाउगोठमा बसेर अँध्यारा रात बिताउनु परेको फरक कथा छ। धिर्जा भन्छिन्, ‘देवतालाई असन्तुष्ट नबनाउने नाममा छाउगोठमा बस्छौं, देवता खुसी बनाउने अन्धविश्वासले छोरी गुमाउनुप¥यो, छाउगोठमा बसेर जीवन बिताउनुपर्ने बाध्यता एकातिर छ भने महिनावारीको समयमा न पोसिलो खानेकुरा खान पाइन्छ, न त सुरक्षित बास।’ छाउगोठमा बसेका बेला सर्पले डसेर छोरीको मृत्यु भएपछि धिर्जा देवताका नाममा गरिने विभेदका कारण आफूले वियोग सहनु परेको बताउँछिन्। छोरीको मृत्युपछि वियोगान्त बनेको उनको परिवार केही वर्षयता थातथलो नै छोडेको छ।
जिल्लाकै भैरवी गाउँपालिका–५ मा महिनावारी बार्ने चलन पुरानै छ। त्यहाँका महिला तथा किशोरी रजस्वला भएका बेला बाध्यतावश छाउगोठमा बस्नु परेको बताउँछन्। स्थानीय मनिषा नेपालीले भनिन्, ‘हाम्रो गाउँमा रुढिवादी परम्परा यस्तै छ, घरभित्र बसे आमा–बुवाले देवता रिसाउँछन् भन्नुहुन्छ, देवताले परिवारमा क्षति पु¥याउँछन् भनेर घरभित्र बस्न दिनु हुन्न। महिनावारी हुँदा हाम्रो बास गोठ या खुल्ला आकाशमुनि हुन्छ।’
परिवारका अन्य सदस्यको दबाबका कारण पनि आफूहरू चिसो, तातो, सुरक्षित या असुरक्षित जे जस्तो अवस्थामा पनि छाउगोठमा बस्नुपर्ने उनी बताउँछिन्। महिनावारी भएका वेला परिवारका कारण घरमा बस्न नपाइएको स्थानीय पुष्पा अधिकारीले बताइन्। ‘वर्षाको समयमा त सर्पको साह्रै डर लाग्छ, घरपरिवारका बुढापाकाले महिनावारी हुँदा घरको दैलोसम्म जान दिँदैनन्,’ उनले भनिन्।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीले समाजमा रहेका छाउपडीजस्ता कुरीतिहरू हटाउन नगरपालिकाले अभियान बनाएर लागेको बताउँछन्। टोल–टोलमा गठन गरिएका महिला सञ्जालमार्फत छाउप्रथालगायतका कुसंस्कार हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको उनको भनाइ छ। यहाँको आठबिस नगरपालिकाले विगतका वर्षहरूदेखि छाउप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्दै आएको नगर प्रमुख तर्कबहादुर बडुवाल बताउँछन्। ‘म स्थानीय सरकारको प्रमुखमा आउनु अघिदेखि छाउ प्रथालगायतका कुसंस्कार अन्त्यका लागि काम गरेको थिए। कुरीतिविरुद्ध बोल्न थालेको तीन दशक पुग्यो, घर समाजसँगै सिंगो नगरपालिकालाई छाउप्रथा मुक्त बनाउन लागेका छौँ,’ नगर प्रमुख बडुवालले भने। समाजमा रहेका कुसंस्कार अन्त्य गर्न स्थानीय सरकारले सचेतना अभियान सञ्चालन गर्दै आएको बडुवाल बताउँछन् । ‘शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रबाट हाम्रो नगरपालिकामा विभिन्न जनचेतनाका काम भइरहेको छ। समाजमा जडो गाडेर बसेका कुरीति अन्त्य गर्न केही समय लाग्छ, कुसंस्कार हटाउन सबै एक भएर लाग्नुपर्छ,’ उनले भने
परिवारका अन्य सदस्यको दबाबका कारण पनि आफूहरू चिसो, तातो, सुरक्षित या असुरक्षित जे जस्तो अवस्थामा पनि छाउगोठमा बस्नुपर्ने उनी बताउँछिन्। महिनावारी भएका वेला परिवारका कारण घरमा बस्न नपाइएको स्थानीय पुष्पा अधिकारीले बताइन्। ‘वर्षाको समयमा त सर्पको साह्रै डर लाग्छ, घरपरिवारका बुढापाकाले महिनावारी हुँदा घरको दैलोसम्म जान दिँदैनन्,’ उनले भनिन्।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीले समाजमा रहेका छाउपडीजस्ता कुरीतिहरू हटाउन नगरपालिकाले अभियान बनाएर लागेको बताउँछन्। टोल–टोलमा गठन गरिएका महिला सञ्जालमार्फत छाउप्रथालगायतका कुसंस्कार हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको उनको भनाइ छ। यहाँको आठबिस नगरपालिकाले विगतका वर्षहरूदेखि छाउप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्दै आएको नगर प्रमुख तर्कबहादुर बडुवाल बताउँछन्। ‘म स्थानीय सरकारको प्रमुखमा आउनु अघिदेखि छाउ प्रथालगायतका कुसंस्कार अन्त्यका लागि काम गरेको थिए। कुरीतिविरुद्ध बोल्न थालेको तीन दशक पुग्यो, घर समाजसँगै सिंगो नगरपालिकालाई छाउप्रथा मुक्त बनाउन लागेका छौँ,’ नगर प्रमुख बडुवालले भने। समाजमा रहेका कुसंस्कार अन्त्य गर्न स्थानीय सरकारले सचेतना अभियान सञ्चालन गर्दै आएको बडुवाल बताउँछन् । ‘शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रबाट हाम्रो नगरपालिकामा विभिन्न जनचेतनाका काम भइरहेको छ। समाजमा जडो गाडेर बसेका कुरीति अन्त्य गर्न केही समय लाग्छ, कुसंस्कार हटाउन सबै एक भएर लाग्नुपर्छ,’ उनले भने।
छिःछिः र दुरदुर कहिलेसम्म ? कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धार्मिक अन्धविश्वास, परम्परागत धार्मिक मान्यताले महिला तथा किशोरी महिनावारी हुँदा आफ्नै घरभित्र पस्न पाउँदैनन्। अपमानित हुनुपर्छ । छिःछिः र दुरदुर गरिन्छ। देउता रिसाउने, अनर्थ हुने भ्रम र अन्धविश्वासले महिला तथा किशोरीले यो अवधिमा मानव अधिकारको प्रत्याभूतिसमेत गर्न पाउँदैनन्।
यहाँका कैयौं ठाउँमा महिनावारीको समयमा बस्नका लागि अलग्गै छाउगोठ, कटेरो ठडिएका छन्। ती जीर्ण, साँघुरो, अँध्यारो र असुरक्षित हुन्छन्। जहाँ जंगली तथा पाल्तु जनावर, सर्प, कीरा सहजै छिर्छन्। त्यसैले छाउगोठमा महिला तथा किशोरीले सर्पदंशबाट अकालमा ज्यान गुमाउन बाध्य छन्। महिनावारीको समयमा असुरक्षित स्थानमा बस्नुपर्ने बाध्यताका कारण यस क्षेत्रका महिला र तथा किशोरी प्रताडित छन्। वर्षाैंदेखि समाजमा जरा गाढेर रहेको यो कुप्रथाविरुद्ध लड्न विभिन्न प्रयासहरू नभएका होइनन्। तर यसको न्यूनीकरण र अत्य हुन सकेको छैन। अन्धविश्वास र परम्परागत धार्मिक मान्यताले प्र श्रय पाइरहेको क्षेत्र मात्र होइन, शिक्षित भनिएको सहरी क्षेत्रमा पनि महिला तथा किशोरी महिनावारी विभेदको मारमा छन्। सृष्टि धान्ने यो महिनावारीको प्रक्रियालाई नेपाली समाजले अझै पनि स्वाभाविक रूपमा स्वीकार गर्न सकेको छैन।
मुलुकी अपराध संहिता– २०७४ ले महिनावारी सम्बन्धमा हुने सबै किसिमका भेदभाव, छुवाछूत तथा अमानवीय व्यवहारहरू बन्देज गरेको छ। अर्थात्, दण्डनीय बनाएको छ। संहितामा भनिएको छ, ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन।’ यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन्छ। राष्ट्रसेवकले यो कसुर गरेमा थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था संहितामा छ। संविधानको प्रस्तावनामै लैंगिक विभेदलगायतका सबै किसिमका विभेद र उत्पीडनलाई अन्त्य गर्ने उल्लेख छ। यतिमात्र होइन, सामाजिक न्याय, मौलिक अधिकार, मानव अधिकारको अवधारणामा प्रतिबद्ध रहने संकल्प गरिएको छ। तर, महिनावारीलाई समाजले अन्धविश्वासी एवं नकारात्मक दृष्टिले हेरेकै कारण मुलुकको कुल जनसंख्याको आधा हिंसा अमर्यादित र असुरक्षित जीवन गुजार्न बाध्य छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्