कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद, ३ लाख नजिकको सामाग्री नियन्त्रणमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद, ३ लाख नजिकको सामाग्री नियन्त्रणमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१४
  • सुन्नुहोस् 
327   
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद, ३ लाख नजिकको सामाग्री नियन्त्रणमा

धनगढी  । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरि ल्याइएका सामाग्रीहरु बरामद गरिएको छ। कैलालीका विभिन्न स्थानहरू– धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रहरूबाट करीब २ लाख ९८ हजार २५० रुपियाँ बराबरका सामान बरामद भएका छन्। ती सामाग्रीमा चिनी, प्याज, सुजी, चक्लेट, बदाम, मोबाईल कभर, बिडी, सुर्ती, सुटपिस, बच्चाका कपडा लगायतका सामान समावेश छन्।यस्तै, कञ्चनपुरका बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रबाट पनि भन्सार छली गरि ल्याइएका ७४ हजार ८५० रुपियाँ मूल्यका सामान फेला पारिएको छ। यसमा बिडी, सुर्ती, चक्लेट, ब्याट्री, पेय पदार्थ र बोईलर कुखुरा सामेल छन्।जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरका प्रहरी गस्ती टोलीले यी सामाग्रीहरू बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च