ट्राफिक अनुगमन तीव्र, सात लाख ७९ हजारभन्दा बढी राजस्व सङ्कलन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

ट्राफिक अनुगमन तीव्र, सात लाख ७९ हजारभन्दा बढी राजस्व सङ्कलन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२२
  • सुन्नुहोस् 
252   
ट्राफिक अनुगमन तीव्र, सात लाख ७९ हजारभन्दा बढी राजस्व सङ्कलन

धनगढी । नयाँ वर्ष नजिकिँदै जाँदा बझाङमा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनको अनुगमनलाई तीव्र बनाएको छ। यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न सवारी जाँच तथा निगरानी कडाइका साथ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ।पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाउनेको सङ्ख्या बढ्दै गएकाले सडक दुर्घटना न्यूनीकरणका लागि चेकजाँचमा कडाइ गरिएको हो। जयपृथ्वी राजमार्गसहित बागथला, झोता, तमैल, बुंगल, चैनपुरलगायतका विभिन्न शाखा सडकहरूमा दैनिक रूपमा ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विनोद विष्टले बताउनुभयो।नयाँ वर्षमा यात्रुको चाप बढ्ने भएकाले चेकजाँच नियमित रूपमा भइरहेको छ। निजी प्रयोजनका लागि दर्ता भएका जीपहरूलाई सार्वजनिक सवारीका रूपमा प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९८० को उपदफा ९२० अनुसार यस्तो कार्य गैरकानुनी हुने हुँदा अबदेखि कडाइका साथ नियन्त्रणमा लिइने र कारबाही गरिने प्रमुख विष्टको भनाइ छ।लामो तथा छोटो दूरीमा चल्ने यात्रुवाहक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, बढी भाडा लिएर नलिएको जस्ता विषयमा विशेष निगरानी गरिएको छ।

नियम उल्लङ्घन गर्नेलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले ट्राफिक नियम उल्लङ्घन गर्ने सार्वजनिक सवारीसाधनहरूलाई कडाइका साथ कारबाही गर्दै आएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १ गतेदेखि हालसम्ममा ८ सय ९१ सवारीसाधन कारबाहीमा परेका छन्। कारवाही गरिएको सवारीमध्ये सबैभन्दा बढी ६ सय १२ वटा जीप रहेका छन्। ती जीपहरूबाट मात्र पाँच लाख ३७ हजार पाँच रुपियाँ राजस्व सङ्कलन गरिएको छ। कुल ६ महिनाको अवधिमा ट्राफिक प्रहरीमार्फत सात लाख ७९ हजार रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।सवारी दुर्घटनाका प्रमुख कारणहरूमा यात्रुको लापरवाही, ओभरटेक, तीव्र गति, मापसे ९मदिरा सेवन गरेर सवारी०, मोबाइल प्रयोग, ओभरलोड, यान्त्रिक गडबडी र सडक अवस्था रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम विपरीत यात्रु बोक्ने जीपहरूलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था कार्यालयमा कारबाहीका लागि पठाउने तयारी गरिरहेको जनाएको छ। साथै प्रहरीले कानुनी प्रावधानबारे सचेतना कार्यक्रममार्फत जानकारी दिइरहेको र नियम पालना नगर्नेहरूमाथि आगामी दिनमा झन कडाइ गरिने बताइएको छ।





तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार