कार्यवाहक प्रधानमन्त्रीको टोलीसँग आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिको भेटघाटस् : शिक्षा ऐन जारी गर्न माग - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

कार्यवाहक प्रधानमन्त्रीको टोलीसँग आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिको भेटघाटस् : शिक्षा ऐन जारी गर्न माग

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२२
  • सुन्नुहोस् 
189   
कार्यवाहक प्रधानमन्त्रीको टोलीसँग आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिको भेटघाटस् :  शिक्षा ऐन जारी गर्न माग

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिहरूसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको सरकारी टोलीले शुक्रवार दिउँसो ३ बजे छलफल गर्ने तयारी गरेको छ। महासंघका पदाधिकारीलाई सिंहको कार्यकक्षमा बोलाइएको छ। एक महासंघका पदाधिकारीले भने, “हामीलाई सरकारको तर्फबाट बोलाइएको छ। यस अघि बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो। त्यसपछि सरकारी टोलीले महासंघलाई बोलाएको हो। शुक्रबारको छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतकसमेत सहभागी हुने बताइएको छ।तर, महासंघका पदाधिकारीले सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत दिएका छन्। ूसहमति पहिल्यै भइ सकेको हो। ऐन जारी गरियोस्, हामी घर फर्किन्छौं,ू आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्। उनले थपिन्, ूसहमतिका लागि मात्र वार्ता आवश्यक छैन।ूशिक्षा ऐनको माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौँ आएका छन् र २० चैतदेखि प्रदर्शन गरिरहेका छन्।






तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार