हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलालीको बनबेहडामा सवारी दुर्घटनामा एकजना घाईते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-७
  • सुन्नुहोस् 
1.2K  
Banner

धनगढी । कैलालीको बनबेहडामा कार र बाइक एक आपसमा ठिकिएका छन् । गौरीगंगा नगरपालिका -६ बनबेहडा स्थित पुर्व पश्चिम राजमार्गमा टिकापुरबाट अत्तरिया आउदै गरेको बा ११ च ८७२९ नम्बरको कार र अत्तरियाबाट टिकापुरतर्फ जादै गरेको सु. प्र.प्र ०३००१ प ०११३ नम्बरको मोटरसाईकल आज साँझ  ठोकिएका हुन् । 

सो सवारी दुर्घटनामा मोटरसाईकल चालक साँफेबगर नगरपालिका -४ अछामका रोसन सुनार घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढीमा पठाएको प्रहरीले बताएको छ ।कार चालक धनगढीका योगेन्द्र भट्ट सकुसल रहेको र प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्