कैलाली विशेष
त्रिनगर विद्यालयको आन्दोलन: नगरपालिका र विद्यालयबीच सहमति

धनगढी।धनगढीको त्रिनगर माध्यमिक विद्यालय र धनगढी उपमहानगरपालिकाबीच सहमति भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरी दुई दिन आन्दोलन गरेपछि आज नगरपालिका र विद्यालयबीच सहमति भएको हो ।
शिक्षा समितिका सदस्य, मेयर गोपाल हमाल, त्रिनगरका प्रधानाध्यापक भूपाल खड्का, शिक्षक र आन्दोलित विद्यार्थीहरूबीच छलफलमा अब नियमित पढाई हुने सहमति भएको त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए । सहमति अनुसार सरुवा भएका शिक्षक नेत्र खडायतले सम्बन्धित विद्यालयको सहमतीमा त्रिनगर माविमा कक्षा ११ र १२ मा पढाउने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्