हामि संग जोडिनुहोस

सुदूरपश्चिम

जुवाखालबाट पक्राउ परेका गायक चक्र बमसहित नौ जना धरौटीमा रिहा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-७-१७
  • सुन्नुहोस् 
864  
Banner

काठमाडौँ । जुवाको खालबाट पक्राउ परेका चक्र बमसहित नौ जना धरौटीमा छुटेका छन् । जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले बुधवार १५ हजार धरौटीमा छाडेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी कुमोध ढुङ्गेलले बताए ।


शनिबार उनीहरूलाई मैतिदेवीको एक डान्स सेन्टरमा जुवा खेलिरहेको अवस्था प्रहरी वृत्त अनामनगरले सञ्चालक गजित बिष्टसहितलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमा बम, शङ्कर आचार्य, सुर्पमान स्याङतान, नरेन्द्र विष्ट गम्भीर, गणेश विष्ट ९गजित० रोशन सिंह, टाइम मगर, घनश्याम अधिकारी थिए। तत्कालीन समयमा प्रहरीले जुवाको खालबाट एक लाख ९० हजार रुपैयाँ समेत बरामद गरेको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्