सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशसभाको बैठक माघ ६ गते बस्दै

धनगढी । चार महिनादेखि चल्न नसकेको सुदूरपश्चिम प्रदेश सभाको बैठकको यही माघ ६ गते बस्ने भएको छ ।असोज ५ गते स्थागित भएको बैठक ४ महिना पछि बस्न लागेको हो । प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१–०८२ को बजेट पारित भएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्