समाचार
बैतडीको पाटनमा २ गतेदेखी १० गतेसम्म लाग्ने महोत्सवको तयारी अन्तिम चरणमा

बैतडी । बैतडीको पाटनमा लाग्ने महोत्सव राष्ट्रिय, तथा स्तथानिय कलाकारहरुको बेजोर प्रस्तुति सँगै मनोरञ्जनात्मक साधनहरु रहनेछन्। स्टेज, घेरबार र स्टलहरु को काम अन्तिम चरण मा पुगेको छ। जिल्लाको केन्द्र बिन्दुमा रहेको पाटनमा आगामी बैशाख २ गतेदेखी १० गतेसम्म प्रदेशस्तरीय महोत्सवको तयारी तिब्ररुपमा भइरहेको छ ।
नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भइहरेको महोत्वसको मुख्य प्रायोजकमा क्वालीटी स्टील आल्मुनियम एण्ड युपिभिसी रहेको छ ।
प्रदेशस्तरीय कृषि पर्यटन कला संस्कृति रोजगार तथा औद्योगिक व्यापार मेला एवं महोत्सवको व्यवस्थापन तथा भौतिक पक्षको काम तिब्ररुपमा भइरहेको च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिस प्रशाद जोशीले बताए।
हामिले जिल्ला प्रशासन को अनुमति लिएर आयोजक बनेका हौ, त्यस्तो सहयोग त केहि मिलेको छैन टिकट बाट पैसा उठाएर सबै ब्यवस्थापन गर्न सकिन्छ भन्ने अपेक्षा राखेका छौँ । महोत्कसवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बेजोर प्रस्तुत रहने उनले बताए।
महोत्सव बिगत केहिबर्ष अगाडी देखि नलागेकोले यो महोत्सव अवधिभरमा धेरै दर्शकहरुको उपस्थिति रहने आँकलन आयोजकले गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्