हामि संग जोडिनुहोस

सुदूरपश्चिम

लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कंञ्चनपुरको पुनर्वास क्षेत्र,बढ्यो प्रहरी सक्रियता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-६
  • सुन्नुहोस् 
1.09K  
Banner

किशोर तामाङ

पुनर्वास।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास (बेलौरी लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। नेपाल भारत खुल्ला सिमा र सयौँ ससाना चोरी बाटोकै कारण नजिकैको भारतीय बजार खजुरिय र बसाही बजारमा घरायसी सरसामान खरीद गर्न भनी दैनिकी हजारौं नेपालीहरू र भारतीयहरू आवतजावत गर्ने गर्दछन्।

खुल्ला सिमा र दैनिक आवतजावतमा लागुऔषध प्रयोगकर्ताहरु पनि उक्त बजारमा सहजै रूपमा खरीद तथा सेवन गर्न सकिने भएको हुँदा अधिकांश प्रयोगकर्ता र ब्यपारीले पुनर्वास बेलौरी क्षेत्रको बाटो प्रयोग गर्दै दिनहुँ झै कैलाली र सुदूरपश्चिम का पहाडी जिल्ला हरूमा समेत लागुऔषध ओसारपसार हुने गरेको सीमावर्ती स्थानियहरू बताउछन् ।   

पछिल्लो समयमा लागुऔषध दुब्र्यसनी रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीको सक्रियता बढाएसंगै दिनहुँ झैं लागुऔषध प्रयोगकर्ताहरु नियन्त्रणमा लिने क्रम जारी छ। ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको पछिल्लो तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले पनि बेलौरी पुनर्वास लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनेकोमा दुईमत छैन ।   

आज पनि ३०० ग्राम लागुऔषध खैरो हिरोइन सहित एक जना पक्राऊ परेका छन्। करिब दिउँसो ३बजेको समयमा पुनर्वास  ५ सिमरी पुल स्थित धनगढी बेलोरी हुलाकी सडक खण्डमा बिशेष सुचनाको आधारमा लागुऔषध खैरो हिरोइन सहित एक जना पुरुष पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्र।नि। नरेश राज मल्लको कमाण्डमा खटिगएको ७ जनाको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढी तर्फ सु।प। प्र। ०१(०११प २२६ नम्बरको मोटरसाइकलमा जाँदै गरेको जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा ११ बेला बस्ने वर्ष ३३ को मान ब. रानालाई शंका लागी चेकजाच गर्दा निजले लगाएको कालो रातो कलरको हेल्मेट भित्र कालो प्लाष्टिकमा बेरेर लुकाएको अवस्थामा ३।१९ ग्राम, शुद्ध तौल गर्दा ३।०० ग्राम लागुऔषध (खैरो हिरोइन) फेला परेको प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

प्रहरी निरीक्षक मल्लका अनुसार लागुऔषध । (खरो हेरोईन) सहित बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ल्याई राखेको बताए।

लागुऔषध सहित रानालाई नियन्त्रणमा लिइएको उक्त स्थान ई.प्र.का. त्रिभुवनबस्तीबाट ६ किलोमिटर उत्तरपश्चिममा रहेको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा एक साता अघि मात्रै कार्यरत वडा सचिव सहित पाँच जना लाई लागुऔषध खैरो हिरोइन सहित नियन्त्रण मा लिई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक मल्लले बताए।।


तपाइको प्रतिक्रिया दिनुहोस्