हामि संग जोडिनुहोस

सुदूरपश्चिम

धनगढी उपमहानगरले दाहसंस्कार गर्न ५ हजार सहयोग गर्ने निर्णय

Banner

धनगढी। धनगढी उपमहानगरपालिकाले विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि प्रति व्यक्ति ५ हजार प्रदान गर्ने निर्णय गरेको छ। सोमबार उपमहानगरपालिकाको ९ औँ स्थापना दिवसको अवसरमा नगर प्रमुख गोपाल हमालले बोल्दै आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूकालागि यस्तो निर्णय गरिएको बताए।

उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार खर्च स्वरुप हतोहात ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। कार्यपालिकाको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख हमालले बताए।

अन्तिम संस्कारका लागि शव वाहन र बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएको बताएका छन्। सेवाग्राहीले नगर प्रहरीबाटै शव वाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको नगर प्रमुख हमालले बताए। नगर प्रमुख हमालले परिवारका सदस्य गुमाउँदा आर्थिक अवस्था कमजोर भएका परिवारहरूलाई दाहसंस्कार खर्च लिन नगर प्रहरीलाई सम्पर्क गरे नगरपालिकाका प्रतिनिधिहरुले घरमै रकम लगेर दिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च