बाजुरामा सामूहिक कुटपिट,घटनामा आबद्ध एक जना नियन्त्रणमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बाजुरामा सामूहिक कुटपिट,घटनामा आबद्ध एक जना नियन्त्रणमा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२६
  • सुन्नुहोस् 
1.18K   
बाजुरामा सामूहिक कुटपिट,घटनामा आबद्ध एक जना नियन्त्रणमा

बाजुरा । बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो।

खप्तड छेडेदह गाउँपालिकाको छेडेदह ताल नजिकै ती युवकमाथि कुटपिट भएको हो। कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको जनाएको छ। घाइते दुबै जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको र सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार