हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलालीको गोप्कामा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१५
  • सुन्नुहोस् 
267  
Banner

धनगढी । दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका १ को गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६ प६२७९ र विपरीत दिशाबाट आइरहेको बा९५प९२५२ नम्बरको मोटरसाइकल ठोक्किंदा दुवैका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कबिन्द्रसिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका(८ बस्ने २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको बताए ।

उनकाअनुसार चौधरी से६प ६२७९ नम्बरको मोटरसाइकल र मल्ल बा९५प ९२५२ नम्बरको मोटरसाईकलका चालक हुन् ।दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई राति नै धनगढीको नवजीवन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।नीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार कञ्चनरको शुक्लाफाँटा नगरपालिका( ७ का २२ वर्षीया दिपक बोहोरा घाइते भएका छन् । उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्