हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बजेटबाट राजधानी हटाएपछि राप्रपा सांसद विष्टको आपति

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-५
  • सुन्नुहोस् 
183  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ । भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि छलफल भईरहेको हो । छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खीमा देब विष्टले सरकारलाई चोर भनेपछि एमाले सांसद धर्मराज पाठकले नियमापत्ती जनाएका हुन ।

‘कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभीत्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं । यो बजेट कहाँबाट आयो, कसरी आयो रु सरकारलाई बताई दिन आग्रह गर्दछु’ बजेट माथिको छलफलका क्रममा प्रदेश सभा विष्टले भनिन ।

यती मात्रै होईन, उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप पनि लगाईन । ‘राजनीति भनेको समाजसेवा हो भन्ने थाहा पाएको थिए । तर राजनीति भनेको पेशा रहेछ, घुस खाएर योजना बेच्ने रहेछ, कमिशनमा योजना बेच्ने रहेछ, भन्न मिल्छ की मिल्दैन, प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि भनेका चोर रहेछन’ विष्टले भनिन ।

विष्टले बोल्दा बोल्दै एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले उनको चोर सब्द प्रति नियमापत्ती जनाउदै उक्त चोर सब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरे । सभामुख भीम बहादुर भण्डारीले पनि उक्त सब्दमाथि छानविन गरेर आवश्यक परे संसदको रेकर्डबाट हटाउने आश्वासन दिएका थिए ।त्यस्तैप्रदेशसभामा प्रस्तुत गरेको बजेटमा प्रदेश राजधानीको विषय उठान हुने गरेपनि यस पटक किन मौन बसेको भनेर प्रश्न गरेकी हुन । ‘७ वर्षदेखि प्रदेश संरचना नबनेपछि बजेट छुट्टिँदै आइरहेको बेला अहिलेको सरकारले त्यो सिस्टमबाटै नै किन हटायो किन नामोनिसान नै मेटियो , उनले राजधानी तोकिएको क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले चुनाव जितेको ६ महिना भित्र राजधानी बनाउने भनेर जनतामा भ्रम छरेको बताइन् । उनले अहिले तिनै सांसद सरकारमा गएको बेला बजेटबाट राजधानी राजधानी हटाएको बताइन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्