हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिममा कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-४
  • सुन्नुहोस् 
252  
Banner

धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरूको हातेमालो आवश्यक रहेको बताएका छन् ।  वर्ल्ड भिजन इन्टरनेस्नल नेपालद्वारा कैलालीको धनगढीमा आयोजित “ईनअफ“ अभियानको प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्था र प्रदेश सरकारबिच समन्वयको अभाव भएको बताउदै मुख्यमन्त्री शाहले प्रदेशका बालबालिकामा कुपोषण अन्त्य गर्न सहकार्यमा जोड  दिए ।उनले भने , “सुदूरपश्चिममा कार्यरत गैरसरकारी संस्थाहरूले मन्त्री बोलाउने, प्रमुख अतिथि बनाउने तर कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल नगर्ने गतिविधिको अन्त्य हुनुपर्छ ।”

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणका समस्या रहेको जसको नैतिक जिम्मेवारी प्रदेश सरकार लिन तयार रहेको बताए । विगतमा पनि आफूले कुपोषण अन्त्य गर्न पोषणकीटको अभियान सञ्चालन गर्न चाहे पनि संघसंस्थाहरुले सहयोग गर्न नखोजेको उनले  दुखेसो व्यक्त गर्नुभयो । सुदूरपश्चिमका हरेक घरमा पोषणयुक्त खाने कुराको जरुरी छ । जनताको घरदैलोमै पुगेर पोषणयुक्त खाने कुरा पुगाउनमा सबैको हातेमालो आवश्यक रहेको उनको भनाई छ ।

मुख्यमन्त्री शाहले  भने , “सरकारले जारी गरेको बजेट र योजना कार्यान्वयन गर्न चुनौती छ । आफू अनुकूल काम भए ठिक नभए बेठिक भन्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ तसर्थ सबैले सामूहिकतालाई अङ्गाल्न जरुरी छ ।”

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री वीर बहादुर थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का र प्रदेश सभा सदस्यहरूले सुदूरपश्चिममा बढ्दै गएको कुपोषण हटाउन प्रतिबद्धता व्यक्त गरेका थिए ।कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार तथा पोषण सुरक्षामा ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्