हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री रमेश लेखक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१९
  • सुन्नुहोस् 
141  
Banner

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएका छन । 

गृह जिल्ला कञ्चनपुरको महेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुहुँदै गृहमन्त्रीले सहमति कार्यान्वयनमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका हुन । “यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर नेपाली कांग्रेसको तर्फबाट हाम्रो पूर्ण प्रतिबद्धता छ”, उहाँले थप्नुभयो, “नेकपा ९एमाले० ले पनि यो सहमतिको विकल्प नरहेको ठहर गर्दै यसलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको छ ।”

देशको आवश्यकता र जनताको चाहना बमोजिम दुई ठुला दलले सातबुँदे सहमति गरेर सरकार बनाएको गृहमन्त्रीको भनाइ थियो । उनले कांग्रेस र एमाले मिलेर यो देशमा ऐतिहासिक सफलताहरु प्राप्त गरेको बताए । गृहमन्त्री लेखकले भन्नुभयो, “२०४६९४७ को आन्दोलनमा हामी मिल्दा पञ्चायती व्यवस्थाको विरुद्धमा हामीले यो देशमा लोकतान्त्रिक व्यवस्था९बहुदलीय व्यवस्था स्थापना गर्‍यौं । २०५२ देखि २०६२ सालसम्म भएको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्‍यौं । तत्कालीन माओवादीलाई शान्तिमा ल्यायौं र सहकार्यका साथ अगाडि बढ्यौं, त्यो कांग्रेस, एमाले मिलेरै भएको हो ।”

मिलेरै अन्तरिम संविधान, संविधान सभा र २०७२ को संविधान बनाई ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्नुहुँदै गृहमन्त्रीले अहिले पनि देशको विशिष्ट कार्यभार पूरा गर्नका लागि एक ठाउँमा उभिएको बताए । 

कांग्रेस, एमालेको सहमति देशको विकास र विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाउन र संविधान कार्यान्वयनको क्रममा देखापरेका सवल तथा दुर्वल पक्ष, जटिलतालाई पहिचान गरेर आवश्यकतानुसार संविधान संशोधनका लागि रहेको लेखकको भनाइ थियो । उहाँले मुलुकमा सरकारको स्थायित्व, भ्रष्टाचार अन्त्य, सुशासन स्थापना गर्न, अर्थतन्त्रलाई चलायमान तथा क्रियाशील बनाउनका लागि दुई ठुला दलले सहमति गरेको उल्लेख गरे। 

संविधान संशोधनको कुरा उठ्दा कतिपय पार्टीका नेताहरु झस्किने गरेको भन्दै गृहमन्त्री लेखकले त्यसरी नझस्किन आग्रह गरे । उनले भने,“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृद्ध गर्न, संविधानलाई जनताको लागि झन् उपयोगी बनाउन र समावेशी चरित्रको राज्य बनाउने विषयलाई थप राम्रो बनाउनका लागि यो एजेण्डा ल्याएका हौं ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य आफूहरु मिलेर ल्याएको व्यवस्था रहेको उल्लेख गर्र्र्दै उनले भने,“अहिलेको संविधान पनि हामीले मिलेर बनाएको हो । हामी यसप्रति प्रतिबद्ध छौं । यसको कार्यान्वयनमा प्रतिवद्ध छौं ।  त्यही गर्नका लागि यो समीकरण बनाइएको हो ।”

गृहमन्त्री लेखकले प्रहरीलाई आधुनिक बनाउँदै लगिने उल्लेख गर्नुहुँदै आधुनिक खालको अपराध नियन्त्रणका लागि आधुनिक प्रहरीको आवश्यकता पर्ने गरेको बताए । नयाँ भवन निर्माणले प्रहरीको काम कारबाहीमा थप सहयोग मिल्ने उनको भनाइ थियो । 


तपाइको प्रतिक्रिया दिनुहोस्