हामि संग जोडिनुहोस

कैलाली विशेष

गोदावरीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१७
  • सुन्नुहोस् 
546  
Banner

धनगढी ।  कैलालीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले रानालाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल थान–१ फेला पारि आइतवार पक्राउ गरेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्