हामि संग जोडिनुहोस

कैलाली विशेष

धनगढीको वडा नम्बर ४ मा सिलान्यास गरेको सिलालेख नराखिएपछि निबर्तमान वडा अध्यक्ष रिसाएँ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-१५
  • सुन्नुहोस् 
243  
Banner

धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा पुर्व अध्यक्ष र बर्तमान अध्यक्षको टकरावका कारण सिलान्यास गर्दाको सिलालेख लगाइएको छैन । भदौ १२ गते परराष्टमन्त्री आरजु राणा देउवाले उद्घाटन गरेको वडा कार्यालयमा सिलान्यासको सिलालेख नलगाइएपछि पुर्व अडा अध्यक्ष रिसाएका छन् । निबर्तमान वडा अध्यक्ष दिपक बहादुर थापा र बर्तमान अध्यक्ष बुद्धि बहादुर खड्काको आपसी टकरावका कारण सो सिलालेख वडा कार्यालयमा राखिएको छैन ।

वडा कार्यालयका लागी जमिन खोज्ने देखी, भवन निर्माणको बजेट हाल्न लगाउने र सिलान्यास समेत आफ्नै कार्यकालमा मेयर, उप मेयरबाट गरिएपनि उद्घाटनमा सिलालेख समेत नराखिएको भन्दै निबर्तमान अध्यक्ष थापाले अशन्तुस्टी पोखेका छन् । तत्कालिन मेयर नृप बहादुर वड, उप मेयर शुसिला मिश्र भट्टले वडा कार्यालयको सिलान्यास गरिएपनि सो सिलालेख नराखिएको थापाले बताए । वडा कार्यालयको २० हजार बजेटबाट सिलालेख बनेको थियो थापाले भने “सो सिलालेखमा तत्कालिन मेयर नृप बहादुर वड, उप मेयर शुसिला मिश्र भट्ट, म स्वयम वडा अध्यक्ष, सदस्यहरु र सचिवको नाम लेखिएको थियो, भवन निर्माण सम्पन्न नभएका कारण सिलालेख बनाउने ठाउँमै राखिएको थियो, भवन उद्घाटनको तयारी भइरहेको खबर सुनेपछि म आफै सिलालेख ल्याएर यता राखेको थिए, इन्जिनियर लगायत जनप्रतिनिधिलाई सिलालेख बारे ध्यानाकर्षण गराएकै हुँ तर राखिएन, खै किन सिलान्यासकै सिलालेख राख्नुभएन वडा अध्यक्ष जानुन तर यो गलत गर्नुभएको छ ।”

वडा कार्यालय भवनका लागी जमिन प्राप्तीकै बेला तत्कालिन सामुदायिक बनका अध्यक्ष समेत रहेका अहिलेका वडा अध्यक्ष ज्युले कस्तो भुमिका खेल्नुभएको थियो सबैलाई थाहानै छ उनले भने “त्यो बेला वडा कार्यालय बनाउन उहाँले समेत अवरोध गर्दा गर्दैपनि निकै मेहेनतका साथ जमिन प्राप्त गरेर भवन निर्माण गरेका थियौँ तर अहिले त्यसमा सिलान्यास गर्ने र तत्कालिन वडाको टिमको नाम भएको सिलालेख समेत राखिएन यसको हिसाब जनतालेनै गरुन, मात्र मैले यो २० हजार सरकारी बजेटको सिलालेख मेरै होटेलमा थन्कियो भनेर जानकारी गराउन खोजेको हुँ ।”


तपाइको प्रतिक्रिया दिनुहोस्